अत्तरिया – कृषि उपज थोक बजार व्यवस्थापन समितिको अध्यक्षमा पुनः नन्दलाल भट्ट निर्विरोध चयन भएका छन । बुधबार कृषि उपज थोक बजारमा भएको भेलाले अध्यक्षमा पुनः भट्टलाई चयन गरेको हो । भट्ट स्थापना कालदेखि समितिको अध्यक्ष रहेका छन । भट्ट कृषक प्रतिनिधिबाट अध्यक्षमा निर्वाचित भएका हुन ।
त्यसै गरि समितिको सदस्यमा व्यवसायीक तर्फबाट हरिदत्त भट्ट, तेजराज पनेरु, अमर सिह महरा, कृषकको तर्फबाट डिल्ली राज जोशी र महिला सदस्य मन्तोरा राना चयन भएका छन ।
निर्वाचित पदाधिकारीलाई बिहिबार एक कार्यक्रमका बिच प्रमाणपत्र वितरण गरिएको थियो । प्रमाण पत्र गोदावरी नगरपालिकाका नगरप्रमुख हरी सिह साउँदले वितरण गरेका थिए ।
निर्वाचन अधिकृत छेदी प्रशाद यादवले समितिमा थप ४ जना पछि मनोनित गरिने बताए । उनले स्थानिय निकायका प्रतिनिधि १ जना, कृषि/पशु कार्यालय अधिकृत १ जना, जिल्ला समन्वय समितिबाट १ जना र बजार व्यवस्थापक सदस्य सचिव रहने व्यवस्था रहेको बताए ।