
अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर १ की शुशीला कुमारी चुनारा विक १५ दिने डल तथा कुशन तालीममा सहभागी भईरहेकी छन् । डल कुशनको उक्त तालीम लिइसकेपछी त्यहि सिपलाई व्यवशायीक बनाउने उनको योजना छ ।
पहिलो पटक डल कुशनको तालीममा सहभागी भएकी गोदावरी १ की बिस्ना विक पनी सिपमुलक तालीममा सहभागीता जनाइसके पश्चात आत्मनिर्भर बन्ने सोचमा छिन् । गोदावरी नगरपालीका वडा नम्बर १ को आर्थीक सहयोग तथा वडा स्तरीय दलीत उपभोत्ता समितिको आयोजनामा गोदावरी १ को वनखेतमा पौष १५ गतेदेखी डल तथा कुशन बनाउने तालीम सञ्चालन भईरहेको छ । उक्त तालीममा सहभागी भएका २० जना सबै पहिलो पटक सिपमुलक तालीम लिईरहेका छन् । उनीहरुमध्य अधिकासं सिप सिकेर व्यवशायीक रुपमा प्रयोग गर्ने योजना बनाईरहेका छन् । तालीमकी सहभागी देवी विकले १५ दिने डल तथा कुशनको तालीममा आफुले ५ प्रकारका डल र कुशन बनाउन सिकेको बताईन ।

तालीमको हलमा बसेर डल सिलाईरहेकी उनले ५ आइटम र १५ दिनको समय सिप सिक्नकालागी पर्याप्त नभएको बताईन् । “बजारमा थुप्रै आइटमहरु हुन्छन्,उनले भनीन् हामीले सिकेका ५ आइटमले मात्रै बजारमा प्रतिस्पर्धा गर्न सकिदैन ।” तालीममा सहभागी भएका अधिकासं सहभागीले तालीमको अवधी छोटो भएको गुनासो गरे । उनीहरुले यत्ति सिपले मात्रै आफुहरुलाई व्यवशायीक रुपमा प्रतिस्पर्धा गर्न असहज हुने बताए । तरपनी उनीहरु सिकेजतीको सिपलाई व्यवहारमा उतार्ने प्रयास गर्ने बताँउछन् । वडा स्तरीय दलित महिला उपभोत्ता समितिकी अध्यक्ष राजुदेवी विकले अन्य क्षेत्रमा थुर्पै रकम खर्च गरेपनी दलीत महिलाहरुको जीवनस्तर उकास्नकालागी स्थानीय स्तरबाट खासै सहयोग नहुँने गुनासो गरिन ।

उनले दलीत महिलाले आफ्नो अधिकारकालागी अझैपनी धेरै ठाँउमा जवरजस्ती गर्नुपर्ने अवस्था रहेको बताईन् । सिपमुलक तालीम सिक्दा महिलाहरुलाई आत्मनर्भर बन्न सहज हुने बताँउदै उनले यस्लेगर्दा परिवारको आर्थीक अवस्था समेत सुदृढ बन्ने बताईन् । केहि गर्न चाहने तर आर्थीक अवस्था कमजोर भएकै कारण पछी परेका दलीत महिलाहरुलाई स्थानीय सरकारले पनी सहयोग गर्नुपर्ने उनले बताईन् ।
तालीमकी प्रशिक्षक माया चौधरीले पछील्लो समय डल, कुशनमा महिलाको आकर्षण बढ्दै गएको बताईन् । उनले घरमै बसेर पनी बनाउन सकिने,धेरै लगानी पनी नचाहिने र सिक्न पनी सजीलो हुने हुँदा यसप्रति महिलाहरु आर्कर्षीत भएको बताईन् । अत्तरियामै रहेर सात वर्षदेखी डल तथा कुशनको होलसेल पसल संचालन गर्दै आएकी उनले डल,कुशनको बजार पनी राम्रो रहेको बताईन् । अहिले मेरो पसलमा मैले चालीस,पचास ओटा आइटम राखेकी छु उनले भनीन् “होलसेल पसल भएका कारण पनी मेरो सामानले राम्रो बजार पाएको छ । ”















