आगो तापिरहेको अवस्थामा ढिस्को खस्दा २ जनाको मृत्यु,

Image
maya metro

रुपन्देही – बुटवल उपमहानगरपालिका वडा नं. ११ प्रगतिनगरमा तिनाउको ढिस्को खस्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार मृत्यु हुनेमा ३२ वर्षीय गणेश थापा र ३५ वर्षीय शिव थापा रहेका छन् । हिजो साँझ ढिस्कोमा आगो तापिरहेको अवस्थामा ढिस्को नै खसेपछि उनीहरु पुरिएको भन्ने खबर पाएपछि प्रहरी उद्दारका लागि पुगेको थियो। तल तटबन्द बनाउनका लागि खनेको स्थानमा माथिको ढिस्को खसेको बताइएको छ।

nisarga

अझै पनि केही मान्छे पुरिएको आंशकामा जेसिबी प्रयोग गरी खोजि गरिएको प्रहरीले बताएको छ। ढिस्को खसेको ठाउँमा पानी भएका कारण उद्दारका लागि कठिनाइ भएको प्रहरीले जनाएको छ।