Attariya Hospital Pvt.Ltd.

चिसोले कैलालीको जनजीवन कष्टकर,दैनीक मजदुरी गर्ने वर्ग बढी समस्यामा

padma
milan sunchadi

अत्तरिया – एक सातादेखी बढेको चिसोका कारण कैलालीको जनजीवन कष्टकर बनेको छ । मौसममा आएको बदलावसंगै दिउँसोभरी कुहिरो र शितलहरले जनजीवन कष्टकर बनेको हो । सुदुरपश्चिमका तराँइका जील्ला कैलाली र कञ्चनपुरमा एक हप्तादेखी घाम लागेको छैन । लगातारको चिसोले दैनीक मजदुरी गर्ने वर्ग बढी समस्यामा परेका छन् ।

अत्तरियामा घर बनाउने काम गर्दै आएका समीर चौधरीले चिसोले काम गर्न समस्या भईरहेको बताए । अर्की कामदार दुर्गा चौधरीले भनीन् “बिहानै साईकलमा आउनुपर्छ,शितले पुरै भिजीन्छ । दिँउसोभरी मसलाको काम गर्नुपर्छ,चिसोले हातै खस्ला जस्तो हुन्छ ।” जल तथा मौसम विज्ञान विभाग महाकाली वेसिन फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहाएक सिंगल चौधरीका अनुसार अत्तरिया, धनगढीको बिहिबारको नयुनतम तापक्रम १० दशमलब ४ डिग्री सेल्सियस रहेको छ ।

Siddi ganesh

उता टिकापुरको तापक्रम ७ दशमलब ५ डिग्री सेल्सियस रहेको छ । निरन्तरको चिसोले बालबालीका,वृद्ध व्यत्तिहरु,अपांगता भएका व्यत्तिहरु पनी चिसोको मारमा छन् । अपांगता भएकी गोदावरी ६ की खडक बुढाले लगातारको चिसोले काम गर्ने ठाँउमा जान नसिकिएको बताईन् । उनले भनीन् “करिब ४ किलोमिटर टाढा हाम्रो अफीस छ ,सबै अपांगता भएका साथीहरुमात्रै छौँ त्यहाँ चिसो बढेदेखी गएकै छैनौँ,सबै साथीहरुले घाम लागेपछी आउने सल्लाह गरेका छौँ । ”

गोदावरी ८ की ८२ वर्षीया मनसरा रोकामगरले अत्याधीक चिसोका कारण दिँउसोभरी आगो तापेर बस्नुपरेको बताईन् । एक हप्तादेखी घाम नलागेका कारण नवजात शिशु भएका सुत्केरी पनी समस्यामा छन् । चिसोले बालबालीका र वृद्धवृद्धाको स्वास्थ्यमा समस्या आउनसक्ने भन्दै चिकित्सकहरुले पनी सचेत रहन आग्रह गर्दै आएका छन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.