
दोहोरो अंकले बढ्यो नेप्से


काठमाडौं – साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक उकालो लागेको छ। मंगलबार र बुधबार दुईदिन नियमित ओरालो लागेको नेप्से आज ३३.०३ अंकले बढेर २९ सय ३१.३४ विन्दुमा पुगेर बन्द भएको छ।
यसदिन २२९ कम्पनीको सेयर कारोबार भयो। ती कम्पनीको १ करोड ५९ लाख ८९ हजार कित्ता सेयर ५ अर्ब ७७ करोड ३१ लाख २० हजार रुपैयाँ बराबरमा किनबेच भयो। यसैगरी सेन्सेटिभ इण्डेक्स ४.०९ अंकले वृद्धि भएको छ।
