सुदूरपश्चिममा थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि

Image
maya metro

अत्तरिया – सुदूरपश्चिम प्रदेशमा बिहीबार ५ सय ३४जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय डोटीका अनुसार २ हजार २८६ जनाको कोरोना परीक्षण गर्दा ५सय ३४ जनामा संक्रमण पुष्टि भएको हो।

२सय ३९जनाको पीसीआरमार्फत र २ सय ९५ जनाको एन्टिजेनमार्फत परीक्षण गर्दा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।आज थपिएकामध्ये १ सय ५५ जना संक्रमित भने आजै भारतबाट आएका नागरिक हुन्।

nisarga

त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका ७४, गड्डाचौकी नाका भएर स्वदेश फर्केका ७६ ,जुलाघाटबाट फर्केका ४,पुलघाट नाका दार्चुलाबाट फर्केका १जनामा संक्रमण पुष्टि भएको हो।

योसंगै प्रदेशमा सक्रिय संक्रमतिको संख्या तीन हजार नाघेको छ।प्रदेशमा ३ हजार २१ जना सक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ। सक्रिय संक्रमित मध्य १ हजार ८ सय ४० जना कैलालीमा रहेको निर्देशनालयले जनाएको छ ।