
अत्तरिया – जिल्ला प्रशासन कार्यालय कैलालीले अत्यावस्यक बाहेकका सेवा बन्द गरेको छ । प्रशासनले एक सूचना जारी गर्दै कर्मचारीमा कोरोना देखिएका कारण सेवा बन्द गरेको जनाएको छ । प्रशासनद्धारा जारी सूचनामा केही कर्मचारीमा कोरोना देखिएका कारण माघ ९ गते देखि अर्को सूचना नभएसम्मका लागि अत्यावश्यक (शान्ति, सुरक्षा र मुद्दा) बाहेकका सेवा बन्द गरिएको उल्लेख छ ।
प्रशासकीय अधिकृत शिवराज जोशीद्धारा जारी सूचनामा अत्यावश्यक सेवाका लागि प्रशासनमा आउँदा पनि स्वास्थ्य मापदण्ड पुर्ण पालना गर्न आग्रह गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीमा २३ जना कर्मचारीको कोरोना परिक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको थियो ।
जसका कारण सेवा बन्द गर्नु परेको प्रशासकीय अधिकृत जोशीले बताएका छन ।














