Attariya Hospital Pvt.Ltd.

धनगढीमा मोबाइल चोरीको आरोप लागेका दुई प्रहरी निलम्बित

padma
milan sunchadi

धनगढी – धनगढीको एक मोबाइल पसलबाट मोबाइल चोरीको आरोप लागेका २ जना प्रहरी निलम्बनमा परेका छन् । ग्लोबल मोबाइल ग्यालरीबाट मोबाइल चोरी गरेको आरोप लागेका प्रहरी हवल्दार होमबहादुर माल र प्रहरी जवान भरतबहादुर बुढाल निलम्बन परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत दुबै जना बिरुद्ध चोरीको मुद्धा दर्ता गरी अनुसान्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिएका छन ।

लागूऔषधको कारोबार भइरहेको सूचना पाएपछि मोबाइल ग्यालरीमा चेकजाँच गर्न गएका माल र बुढालले मोबाइल चोरी गरेको भिडियो सार्वजनिक भएको थियो ।

Siddi ganesh

भिडियो सार्वजनिक भएपछि जिल्ला प्र्रहरी कार्यालय कैलालीले मुद्धा दर्ता गर्दै उनीहरुलाई हिरातसमा राखेर अनुसन्धान अगाडि बढाएको हो।

Nawadurga
Leave A Reply

Your email address will not be published.