Attariya Hospital Pvt.Ltd.

आज विश्व कुष्ठरोग दिवस मनाइँदै

padma
milan sunchadi

काठमाण्डौं – जनवरी महिनाको अन्तिम आइतबार आज । हरेक वर्ष जनवरी महिनाको अन्तिम आइतबार विश्व कुष्ठरोग दिवस मनाइने गरिन्छ । त्यसैले आज नेपालमा पनि ६९औं विश्व कुष्ठरोग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

सन् १९५४ देखि कुष्ठरोगविरुद्ध जनचेतना फैलाउने उद्देश्यले विश्वभर यो दिवस मनाउन थालिएको हो ।

नेपालले सन् २०१० मा नेपालबाट कुष्ठरोग हराएको घोषणा गरेको थियो । यद्यपि नयाँ बिरामी भने देखिन थालेका छन् । सरकारी तथ्यांक अनुसार हरेक वर्ष तीन हजारभन्दा बढी कुष्ठरोगका बिरामी थपिने गर्दछन् ।

Siddi ganesh

माइकोब्याक्टेरियम लेप्रे र माइक्रोब्याक्टेरियम लेप्रोम्याटोसिस जीवाणु ब्याक्टेरियाको संक्रमणले कुष्ठरोग लाग्ने गर्छ ।

कुष्ठरोगको समयमै उपचार हुनुपर्दछ । यसो नभएको खण्डमा बिरामी अपांग हुनेमात्र नभई ज्यानै गुमाउने सम्भावना हुने चिकित्सकहरू बताउँछन् ।

नेपालका १७ जिल्लाबाट अझै यो रोग हट्न सकेको छैन । उदयपुर, रुपन्देही, महोत्तरी, बर्दिया, रौतहट, मोरङ, नवलपरासी पश्चिम, सिरहा, कपिलवस्तु, अछाम, कैलाली, झापा, सर्लाही, पर्सा, बाँके, बारा र धनुषामा अझै पनि कुष्ठरोग हट्न नसकेको हो ।

बिरामीमाथि हुने सामाजिक विभेदका कारण पनि रोग नियन्त्रण चुनौतीपूर्ण हुँदै गएको  चिकित्सकहरू बताउँछन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.