नालीमा खसेर गैंडाको मृत्यु

Image
maya metro

चितवन – टिकौली जंगलको नजिकै बाटो पार गर्ने क्रममा नालीमा खसेर एउटा गैंडाको मृत्यु भएको छ।

पूर्वपश्चिम लोकमार्गमा उत्तरबाट पश्चिम जाने क्रममा दौडिएर पार गर्ने क्रममा निर्माणधीन नालीमा परेर मृत्यु भएको अनुमान निकुञ्जको छ।

nisarga

करिब अपरान्ह ३ बजेको समयमा बाटो विस्तारको क्रममा बनाउन लागिएको नालीमा खसेर घोप्टो पर्दा गैंडाको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र शर्माले जानकारी दिए।

अन्दाजी १५ वर्ष जतिको गैंडा नालीमा घोप्टो परेर मरेको उनले सुनाए। खाल्डो निकै गहिरो र चोट लागेकोले मृत्यु भएको उनले बताए। घटनास्थलतर्फ निकुञ्ज तथा वन कार्यालय, सेना तथा वन्यजन्तु चिकित्सकसहितको टोली गइरहेका छन्।