
सुदूरपश्चिममा आइतबार ३ सय ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि


अत्तरिया – सुदूरपश्चिम प्रदेशमा आइतबार ३ सय ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय डोटीका अनुसार १ हजार ३७९ जनाको नमूना परीक्षण गर्दा ३ सय ८७ जनामा संक्रमण पुष्टि भएको हो। एन्टिजेन बिधिबाट १ हजार २८६ नमूनाको कोरोना जाँच गर्दा ३३४ र पीसीआर बिधिबाट ८३ नमूनाको कोरोना जाँच गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थपिएकामध्ये १ सय ५१ जना संक्रमित भने आजै भारतबाट आएका नागरिक हुन्। त्रिनगर–गौरीफन्टा नाकाबाट आएका ७२, गड्डाचौकी नाकाबाट आएका ६९, जुलाघाटबाट आएका ८, र पुलघाटबाट फर्केका २ जनामा संक्रमण पुष्टि भएको छ। आज सुदूरपश्चिमका नाका भएर ८ सय ३२ जना स्वदेश फर्केका छन्। योसँगै प्रदेशमा सक्रिय संक्रमतिको संख्या तीन हजार ८ सय ७२ पुगेको छ।
स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पछील्लो २४ घण्टामा ४० जना कोरोना संक्रमण मुत्त भएका छन् ।
