Attariya Hospital Pvt.Ltd.

कैलालीको गोदावरीमा धारिलो हतियार प्रयोग गरि श्रीमतीको हत्या ,श्रीमान फरार

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा एक जना आफ्नै श्रीमतीको हत्या गरी फरार भएका छन्। नगरपालिकाको वडा नम्बर ९ बल्मीका ४२ वर्षीय परशुराम रोका मगरले श्रीमती भावना रोका मगरको हत्या गरि फरार भएका हुन् ।

घरायसी विवादका क्रमका रोकामगरले धारिलो हतियार प्रयोग गरि हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डीएसपी नवराज पोख्रेलले बताए। प्रारम्भीक अनुसन्धानमा दुवै जनाले सँधैजसो मदीरा सेवन गर्ने गरेको पाईएको छ,उनले भने आज साँझ ७ बजेतिर घटना भएको हो ।

 उनले आफु घटनास्थलमै रहेको र अभियुक्त भने फरार रहेको बताए। शव पोष्टमाटमका लागी सेती प्रादेशीक अस्पताल पठाइएको र घटनाको बारेमा थप अनुसन्धान भईरहेको पोख्रेलले जानकारी दिएका छन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.