Attariya Hospital Pvt.Ltd.

पत्रकार विश्वकर्माको निधनबारे छानबिन गर्न समिति गठन

padma
milan sunchadi

काठमाडौं – निजामती कर्मचारी (सिभिल) अस्पतालले पत्रकार लालबहादुर (एलवी) विश्वकर्माको निधनबारे छानबिन गर्न समिति गठन गरेको छ ।

स्वासप्रश्वासमा समस्या भएपछि उपचारको क्रममा पत्रकार विश्वकर्माको ललितपुरको पाटन अस्पतालमा गत बिहीबार बिहान निधन भएको थियो ।

बुधबार सिभिल अस्पतालले इमर्जेन्सी विभागमा भर्ना भएका विश्वकर्मालाई पाटन अस्पताल रिफर गरेको थियो । सिभिलले आवश्यक उपचार नगरी अन्यत्र रिफर गरेर लापरवाही गरेको र समयमा उपचार नपाउँदा मृत्यु भएको भन्दै उजुरी परेपछि छानबिन समिति गठन गरिएको अस्पतालले जनाएको छ ।

Siddi ganesh

अस्पतालको इमरजेन्सी विभागका प्रमुख दिनेशकुमार लम्सालको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको अस्पतालले जनाएको छ । सदस्यमा उपसचिव कृष्ण सापकोटा, शाखा अधिकृत भोषराज घिमिरे र क्यास काउन्टर इज्चार्ज भेषबहादुर बस्नेत छन् ।

यसअघि प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत नेतृत्वको टोलीले सिभिल अस्पतालको व्यवस्थापनलाई भेटेर घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको थियो ।

Nawadurga
Leave A Reply

Your email address will not be published.