डोटीमा एक युवती मृत फेला

Image
maya metro

डोटी – डोटीमा एक युवती मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको केआईसिंह गाउँपालिका – ६ सलेनाकी अन्दाजी १८/२० वर्षीय हरिना भाट मृत अवस्थामा फेला परेकी हुन् ।

घरबाट ८/९ सय मिटर टाढा रउताने खोलामा मृत अवस्थामा युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

nisarga

घटनाको थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक कान्तिराज जोशीको नेतृत्वमा टोली खटाइएको छ ।