
थप १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि, चारको मृत्यु


काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर १० हजार ३१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५४ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार ५४ र ४ हजार ५४७ नमुनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २६५ जना गरी सो संख्यामा संक्रमण पुष्टि भएको हो।
यस्तै, सोहीक्रममा कोरोनाबाट देशभर ४ जनाको मृत्यु भएको छ। साथै २ हजार ५४० जना संक्रमणमुक्त भएका छन्। हाल देशभर ८२ हजार ५५० जना कोरोनाका संक्रिय संक्रमित रहेका छन्।
