

धनगढी – धनगढीबाट लागूऔषधसहित एकजना पक्राउ परेका छन् । धनगढीबाट उप-महानगरपालिका ४ एकताटोल बस्ने ५० बर्षीय नर बहादुर धामीलाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको हो ।
सोमबार गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको सादा पोषाकको प्रहरी टोलिले उनलाई पक्राउ गरेको हो ।
उनकै घरबाट ९ सय ग्राम लागूऔषध (चरेश) सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीमाथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
