सुदूरपश्चिममा थप ५५० जनामा कोरोना संक्रमण पुष्टि

Image
maya metro

अत्तरिया – सुदुरपश्चिम प्रदेशमा पछील्लो २४ घण्टामा थप ५५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार ३२६ जनाको एन्टिजेन र २२४ जनाको पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा एक हजार ५४७ जनाको कोरोना परीक्षण भएको निर्देशनालयले जनाएको छ। आज संक्रमण पुष्टि भएकामध्ये १०३ जना भने आज नै भारतबाट फर्केका नागरिक हुन्। यो संगै प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या ५४ हजार ४३९ पुगेको छ ।

nisarga

निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा ६३ जनाले कोरोना जितेका छन् । यो संगै कोरोना जित्नेको संख्या ३८ हजार ४७१ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा एकजना संक्रमितको मृत्यु भएको निर्देशनालयले जारी गरेको तथ्यांकमा उल्लेख छ।