

बैतडी – बैतडीमा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।सोमबार साँझ जंगली बँदेलको आक्रमणमा परेर चार जना घाइते भएका थिए । उनीहरु चारै जनालाई उपचारका लागी अस्पताल लगीएको थियो । बँदेलको आक्रमणमा परी गम्भीर घाईते भएका बैतडी दोगडाकेदार गाउँपालिका १ घोरडीका मन्नाम भनिने (मनोरथ जोशी)को मृत्यु भएको को जनाइएको छ । उनलाई थप उपचारकालागी डडेल्धुरा लगीएको थियो ।
घाइतेमध्ये वीरभान सार्की र हरिदत्त जोशीको स्थानीय स्वास्थ्य संस्थामै उपचार गरिएको र ५० वर्षीय बल्देव कार्कीलाई थप उपचारका लागि धनगढी पठाइएको बताइएको छ।
