Attariya Hospital Pvt.Ltd.

सुदूरपश्चिमका चार जनामा ओमिक्रोन पुष्टि

padma
milan sunchadi

धनगढी – सुदूरपश्चिमका चार जनामा ओमिक्रोन पुष्टि भएको छ।सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार बझाङको बित्थडचिर गाउँपालिका वडा नम्बर २ का ३३ वर्षीय पुरुष, डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर ७ का ४८ वर्षीय पुरुष तथा कञ्चनपुरको दोधाराचाँदनी वडा नम्बर २ का ४२ वर्षीय पुरुष र पुनर्वास नगरपालिका वडा नम्बर २ का २९ वर्षीय पुरुषमा ओमिक्रोन पुष्टि भएको हो।

एन्टीजेन पोजेटिभ देखिएका मध्ये एक सय ४६ जनाको परीक्षण गर्दा ओमिक्रोन भेटिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले बताए। भारतबाट नेपाल प्रवेश गरेकाहरुको एन्टीजेन परिक्षण गर्दा कोभिड–१९ संक्रमण पुष्टि भएकाहरुमध्ये नयाँ भेरियन्ट पहिचानका लागि पुस २५ गते जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा पठाइएको थियो।ओमिक्रोन पुष्टि भएकाको त्रिनगर हेल्थ डेस्कमा नमुना संकलन गरिएको जनाइएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.