सुदुरपश्चिममा मंगलबार थप ६५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी

Image
maya metro

अत्तरिया – सुदुरपश्चिममा मंगलबार थप ६५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार १ हजार ७३ जनाको एन्टिजेन र ५ सय जनाको पीसीआर परीक्षण गर्दा आज ६५२ जनामा संक्रमण पुष्टि भएको हो। आज संक्रमण पुष्टि भएकामध्ये ११६ जना आज नै भारतबाट फर्केका नागरिक हुन्।

यो संगै प्रदेशमा संक्रमितको संख्या ५५ हजार ९८ पुगेको निर्देशनालयले जनाएको छ ।

nisarga

यसैबिच पछिल्लो २४ घण्टामा १३३ जनाले कोरोना जितेका छन । यो संगै कोरोना जित्नेको संख्या पनि ३८ हजार ६०४ पुगेको छ ।हाल प्रदेशमा संक्रिय संक्रमितको संख्या ४ हजार ५८७ पुगेको छ ।उनीहरुमध्ये स्थागत आइसोलेसनमा १९७ जना रहेका छन भने बिभिन्न अस्पतालमा ११० जना कोरोना संक्रमित उपचाररत रहेका छन ।