

कञ्चनपुर – सुदूरपश्चिम विश्वविद्यालयले वार्षिक परीक्षा स्थगित गरेको छ । पछिल्लो समय कोरोना संक्रमण ओमिक्रोन बढ्दै गएको भन्दै विश्वविद्यालयले माघ महिनाभरी हुने सबै परीक्षा स्थगित भएका जनाएको छ ।
मंगलबार बसेको परीक्षा बोर्डको बैठकले माघ १६ गतेदेखि सुरु हुन लागेका स्नातक तहको व्यवस्थापन संकायका पहिलो, दोस्रो र तेस्रो वर्षका परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
परीक्षा नियन्त्रक देवसिंह नाथका अनुसार अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएका हुन्। यसका साथै विश्वविद्यालयले कक्षा सञ्चालन पनि अनलाइनबाट गर्ने तयारी भएको जनाएको छ ।
