bhuwaneswari
Attariya Hospital Pvt.Ltd.

डा. बाबुराम भट्टराईमा कोरोना पुष्टि

padma
milan sunchadi

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईलाई कोरोना भाइरस संक्रमण भएको छ। पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले आफूलाई कोरोना संक्रमण भएको बताएका हुन् ।

बुधबार दिउँसो ट्वीटरमा उनले लेखेका छन्, ‘सतर्कताका बाबजुद मलाई कोभिड–१९ ले पुनः संक्रमण गरेको छ। पीसीआर रिपोर्ट पोजेटिभ आएको छ ।’

उनले कोरोनाको संक्रमण लक्ष्यण भने समान्य रहेको बताएका छन् । ‘लक्षण सामान्य छ। केही समययता निकट सम्पर्कमा आउनुभएकाहरू सतर्क रहनुहोला। केही दिन आइसोलेसनमा रहनेछु,’ उनले लेखेका छन् । गत कात्तिकमा पनि डा.भट्टराई र पत्नी हिसिला यमीलाई कोरोना संक्रमण भएको थियो।

Nawadurga
sudur last
Leave A Reply

Your email address will not be published.