
बुधबार सुदूरपश्चिममा थप ६१४ जनामा कोरोना संक्रमण पुष्टि


अत्तरिया – बुधबार सुदुरपश्चिममा थप ६१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार एन्टिजेन बिधिबाट १ हजार ४८४ नमूनाको कोरोना जाँच गर्दा ३६५ र पीसीआर बिधिबाट ३६६ नमूनाको कोरोना जाँच गर्दा २४९ जनामा संक्रमण पुष्टि भएको हो ।
आज संक्रमण पुष्टि भएकामध्ये १०४ जना भने आज नै भारतबाट फर्केका नागरिक हुन्। निर्देशनालयका अनुसार यो संगै प्रदेशमा संक्रमितको संख्या ५५ हजार ७५० पुगेको छ भने सक्रिय संक्रमितको संख्या ४ हजार ७५३ पुगेको छ ।
उनीहरुमध्ये ११७ जनाको मात्रै अस्पतालमा उपचार भइरहेको छ भने अन्य सबै होम आइसोलेसनमा रहेका छन्।यस्तै पछिल्लो २४ घण्टामा १०९ जनाले कोरोना जितेका छन । यो संगै कोरोना जित्नेको संख्या पनि ३८ हजार ७१३ पुगेको छ ।
