
बैतडीमा बस दुर्घटना हुँदा ८ जना घाइते


बैतडी – बैतडीमा बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । महेन्द्रनगरबाट मेलौलीका लागि छुटेको ना ७ ख २५७० नम्बरको पवनदुत यातायातको बस बिहीबार बिहान ५ बजेको समयमा मेलौली नगरपालिका वडा नं २ को रौतगाउँ नजिकै दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी घाइते हुनेमा मेलौली नगरपालिका ६ का ४८ बर्षीया कमलापति भट्ट, मेलौली ९ का २४ बर्षीय दुर्गादत्त भट्ट, मेलौली ९ कै ६८ बर्षीय रामसिंह साउँद, मेलौली २ का २१ बर्षीय मनिष चन्द रहेका छन् ।
यस्तै शिवनाथ गाउँपालिका १ का २१ बर्षीय सुशिला चन्द, शिवनाथ ६ का २९ बर्षीय जनक आउजी, कञ्चनपुरको दैजीका २१ बर्षीय पूजा भट्ट र बाराका ४५ बर्षीय सिराज अन्सारी पनि घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।

बसमा ३२ जना सवार रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । बस सडकबाट ५ मिटर तल खसेको जनाइएको छ । चालक विरेन्द्र लुहार प्रहरीको नियन्त्रणमा रहेका छन् । दुर्घटनाको कारण भने खुल्न सकेको छैन् ।
