२४ घण्टामा नेपालमा कोरोनाबाट १५ जनाको मृत्यु , ८ हजार १७ जना संक्रमित थपिए

Image
maya metro

काठमाडौँ – नेपालमा एकै दिन कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको छ । २४ घण्टाको अवधिमा १५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिए

को छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६८७ पुगेको छ ।

nisarga

यस्तै २४ घण्टामा एन्टिजेन र पीसीआर गरी २१ हजार ८०८ परीक्षण हुँदा ८ हजार १७ जना संक्रमित थपिएका छन् । निको हुनेको संख्या भने ५ हजार २९२ रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।