
अत्तरिया – बिहीबार सुदूरपश्चिम प्रदेशमा थप ५५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय डोटीका अनुसार ३०७ नमुना पिसिआर गर्दा १९४ जना र एक हजार ६०६ नमुना एन्टिजेन विधिबाट परीक्षण गर्दा ३६४ जनामा संक्रमण पुष्टि भएको हो ।

ति मध्य १०० जना आजै भारतबाट फर्किएका नागरिक हुन् । निर्देशनालयले दिएको जानकारी अनुसार गौरीफन्टा नाकामा २९ जना, गड्डाचौकी नाकामा ६० जना, झुलाघाट नाकामा ९ जना र पुलघाट नाकामा दुई जना गरी १०० जनामा संक्रमण देखिएको हो । यस्तै २४ घण्टामा १३० जना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।
निर्देशनालयका अनुसार प्रदेशमा ४ हजार ९९२ जना सक्रिय संक्रमित पुगेका छन्। उनीहरुमध्ये ११७ जनाको मात्रै अस्पतालमा उपचार भइरहेको छ भने अन्य सबै होम आइसोलेसनमा रहेका छन्।यसैगरी प्रदेशमा थप एक संक्रमितको मृत्यु भएको छ।




























