महाकालीबाट जिवितै उद्धार गरिएका युवाको अस्पतालमा मृत्यु

Image
maya metro

दार्चुला – महाकाली नदीमा बगेर जिबितै उद्धार गरिएका युवकको मृत्यु भएको छ । शुक्रबार दिउँसो नुहाउँन गएका बेला नदीमा बगेका दार्चुलाको व्याँस गाउँपालिका – ४ सुन्सेराका २१ वर्षिय सुभाष कुँवरको उपचारका क्रममा मृत्यु भएको हो ।
उनलाई नदीमा बगिरहेको अवस्थामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरेर जिल्ला अस्पताल दार्चुलामा उपचारका लागि ल्याइएको थियो ।
उनको उपचारकै क्रममा मृत्यु भएको दार्चुलाका प्रहरी नायव उपरीक्षक मनोहर भट्टले जानकारी दिएका छन ।