
काठमाडौँ – नेपालमा ६ हजार ८२७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट १९ हजार ८६९ परीक्षण हुँदा ६ हजार ८२७ जना संक्रमित थपिएको शुक्रबार जानकारी दिएको हो ।
१३ हजार ७९१ पीसीआर परीक्षण गर्दा ४ हजार ८०७ मा संक्रमण पुष्टि भएको र ६ हजार ७८ मा एन्टिजेन परीक्षण हुँदा २ हजार २० मा पोजिटिभ देखिएको छ ।

२४ घण्टामा निको हुनेको संख्या भने ५ हजार ४३२ रहेको मन्त्रालयले तथ्यांकमा उल्लेख छ । योसँगै हालसम्म ८ लाख ४२ हजार ४३६ जना निको भएका छन् । सक्रिय संक्रमितको संख्या ८९ हजार ९४१ पुगेको छ ।
२४ घण्टामा कोरोनाबाट १० जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६९७ पुगेको छ ।
२४ घण्टामा १ लाख २८ हजार ५६३ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।













