
अत्तरिया – सुदुरपश्चिम प्रदेशमा शुक्रबार थप ४८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार एन्टिजेन र पीसीआर विधिबाट १६९३ नमुनाको परिक्षण गर्दा ४८६ जनामा संक्रमण पुष्टी भएको हो ।
२९४ जनाको पीसीआर विधीबाट परिक्षण गर्दा १८९ जनामा र १३९९ जनाको एन्टीजेन विधीबाट परिक्षण गर्दा २९७ जनामा संक्रमण देखीएको निर्देशनालयले सार्वजनीक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।

यि मध्य ८६ जना आजै भारतबाट फर्किएका नागरिक हुन् । यस्तै २४ घण्टामा २५७ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । निर्देशनालयले दिएको जानकारी अनुसार गौरीफन्टा नाकामा ४१ जना, गड्डाचौकी नाकामा २७ जना, झुलाघाट नाकामा १७ जना र पुलघाट नाकामा एक जना गरी ८६ जनामा संक्रमण देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा सु्दूपश्चिम प्रदेशमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ । बर्दगोरीया गाउँपालिका वडा नम्बर ४ का ७५ वर्षीय पुरुष र भीमदत्त नगरपालिका वडा नम्बर ८ का ७५ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको हो।




























