धनगढीमा मृत फेला परेका प्रहरीमा कोरोना पुष्टि

Image
maya metro

धनगढी – धनगढीमा मृत फेला परेका प्रहरी हवल्दार रमेशदत्त जोशीमा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशका अर्थ राज्यमन्त्री माया तामाङका ‘पर्सनल सेक्युरिटी अफिसर’ (पिएसओ) रहेका जोशी बुधबार आफ्नै घरमा मृत फेला परेका थिए ।
मृत्यु पछि गरिएको कोरोना परिक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बिरामी भएका जोशी आइतबार देखि नै बिदामा बसेका थिए । उनी धनगढी उपमहानगरपालिका – ३ मा रहेको आफ्नै घरमा एक्लै बसेको बेला मृत फेला परेका थिए ।

nisarga