६९औँ विश्व कुष्ठरोग दिवस नेपालमा पनि मनाईँदै

Image
maya metro

काठमाडौं – आज ६९औँ विश्व कुष्ठरोग दिवस नेपालमा पनि विभिन्न जनचेतना मुलक कार्यक्रम गरी मनाइँदै छ।

हरेक वर्ष जनवरी महिनाको अन्तिम आइतबार विश्व कुष्ठरोग दिवस मनाउने गरिन्छ। कुष्ठरोगविरूद्ध जनचेतना फैलाउने उद्देश्यले सन् १९५४ देखि यो दिवस विश्वभर मनाउन थालिएको हो।

nisarga

नेपालमा सन् २०१० मै कुष्ठरोग निवारण भएको घोषणा गरिए पनि प्रत्येक वर्ष तीन हजारभन्दा बढी नयाँ बिरामी थपिने गरेको सरकारी तथ्यांक छ।

कुष्ठरोग आँखाले देख्न नसकिने माइक्राे ब्याक्टेरियम लेप्रे नामको सूक्ष्म किटाणुबाट लाग्ने गर्छ। यस रोगले खास गरेर छाला र नसामा असर गर्ने चिकित्सकहरुको भनाइ छ।

कुष्ठरोगले छालामा असर गर्दा शरीरमा नचिलाउने, छुँदा थाहा नहुने दाग देखिने, छाला बाक्लो हुने, गिर्खाहरू देखा पर्नुका साथै स्नायुमा असर गर्दा हातगोडामा छुँदा थाहा नपाउने र बिस्तारै मांसपेशी कमजोर बनाइदिन्छ।

कुष्ठरोगको समयमै उपचार हुननसके रोगीहरू अपांग हुने र ज्यान समेत जाने जोखिम हुन्छ।