कैलालीको एक होटेलमा पुरुष मृत फेला

Image
maya metro

धनगढी – कैलालीमा एक पुरुष होटेलमा मृत फेला परेका छन्। जिल्लाको गौरीगंगा नगरपालिका-४ राजीपुरमा रहेको गहतेगडा होटेलमा एक पुरुष मृत अवस्थामा फेला परेका हुन्।

घोडाघोडी नगरपालिका-१ का अन्दाजी ३५ वर्षीय साधन डान मृत भेटिएका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

nisarga

शनिबार उनी ओछ्यानमै घोप्टिएको अवस्थामा मृत भेटिएका हुन्। मृत्युको कारण भने खुल्न नसकेको र आवश्यक अनुसन्धान भइरहेको बताइएको छ।