कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्‍यु, ३,५४० जना संक्रमित

Image
maya metro

काठमाडौं – कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्‍यु भएको छ ।  देशका विभिन्‍न जिल्लामा भएको संक्रमितहरूको मृत्युको चार दिनको तथ्यांकअनुसार यो संख्या आएको मन्त्रालयले जनाएको छ।

 पछिल्लो २४ घन्टामा देशभर ३ हजार ५४० जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १३ हजार १४५ जनामा गरिएको परीक्षणमा ३ हजार ५४० जना संक्रमित भेटिएका हुन्।

nisarga

आज ६ हजार ३५९ जना संक्रमित संक्रमणमुक्त भएका छ। हाल देशभर ८३ हजार ९९९ जना संक्रिय संक्रमित रहेका छन्।