फेसबुक मेसेन्जरमा बिना अनुमति ‘स्क्रिन सट’ लिँदै हुनुहुन्छ?

Image
maya metro

काठमाडौं – सामाजिक सञ्जालमा हुने सुरक्षा प्रणाली सूचना प्रविधि सम्बन्धी सबै कम्पनीहरुलाई टाउको दुखाइको विषय बन्ने गरेको छ। त्यही भएर पनि आफ्नो ती कम्पनीहरु सुरक्षा प्रणाली दुरुस्त राख्न रातदिन घटिरहेका हुन्छन्।

यस्तैमा मेटाले फेसबुक मेसेन्जरको फिचर्समा केही परिवर्तन गरेको छ। फेसबुक मेसेन्जरमा कुरा गर्ने क्रममा स्क्रिन सट लिए तुरुन्तै अर्को व्यक्तिमा पनि नोटिफिकेशन आउने बनाइएको छ। मेसेन्जरको सुरक्षा प्रणालीलाई दुरुस्त राख्न एन्ड टु एन्ड एन्क्रिप्टेडको सपोर्ट पनि दिइएको छ।

nisarga

पछिल्लो समय फेसबुक मेसेन्जरमार्फत् अपराधिक गतिविधि हुन थालेपछि मेटाले यस्तो फिचर ल्याएको बताइएको छ। त्यस्तै फेसबुकले मेसेज रियाक्सन फिचर पनि जारी गरेको छ।