अमेरिकाका पाँच वटा राज्यमा आपतकालीन घोषणा

Image
maya metro

न्युयोर्क – अमेरिकाको इस्ट कोस्ट क्षेत्रमा हिमआँधी भयानक बन्दा त्यहाँका पाँच वटा राज्यमा आपत्कालीन घोषणा गरिएको छ। भयानक हिमआँधीका कारण अवस्था जटिल बनेपछि न्युयोर्क, न्युजर्सी, मेरिल्याण्ड, रोड आइल्याण्ड र भर्जिनिया राज्य सरकारले आपत्कालि घोषणा गरेका हुन्।

सो क्षेत्रमा चार वर्षपछि सबैभन्दा ठूलो हिमआँधी आएको बताइएको छ। शनिबार त्यहाँको नेसनल वेदर सर्भिसले सो आँधीलाई ‘बम साइक्लोन’को नाम दिएको छ।

nisarga

मध्य अक्षांशीय चक्रपातले समेत चिनिने बम साइक्लोन चिसो हावासँग समुद्रको तातो हावा ठोक्दिाँ वायुमण्डलमा भारी दबाब पर्न जान्छ। र सोही कारण हिउँ तथा बरफ तुफान आउने गर्छ। अमेरिकाको इस्ट कोस्टमा पनि सोही कारण हिम एवम् आँधी आएको बताइएको छ। सो क्षेत्रमा भारी हिमपात हुनुका साथै आँधीपछि बाढीको सम्भावना रहेको बताइएको छ।

विज्ञहरुले सबैलाई सतर्क रहन चेतावनीसमेत दिएका छन्। सो आँधीका कारण अधिकारीहरुले आइतबारका लागि तय भएका करिब ६ हजारभन्दा बढी अमेरिकी उडानसमेत रद्द गरेका छन्।