सोमबार सुदुरपश्चिममा थप ४१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी

Image
maya metro

अत्तरिया – सोमबार सुदुरपश्चिम प्रदेशमा थप ४१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार १ हजार १३६ जनाको एन्टिजेन र ३१२ जनाको पीसीआर परीक्षण गर्दा आज ४१३ जनामा संक्रमण पुष्टि भएको हो।

एन्टिजेन बिधिबाट १ हजार १३६ नमूनाको कोरोना जाँच गर्दा २६४ र पीसीआर बिधिबाट ३१२ नमूनाको कोरोना जाँच गर्दा १४९ जनामा संक्रमण पुष्टि भएको छ ।आज संक्रमण पुष्टि भएकामध्ये ४६ जना आज नै भारतबाट फर्केका नागरिक हुन्। यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ५७ हजार ८१५ पुगेको छ ।

nisarga

निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा १९४ जनाले कोरोना जितेका छन । यो संगै कोरोना जित्नेको संख्या पनि ३९ हजार ७३२ पुगेको छ ।

हाल प्रदेशमा संक्रिय संक्रमितको संख्या ४ हजार ६९८ रहेको छ । उनीहरुमध्ये ८७ जनाको मात्रै अस्पतालमा उपचार भइरहेको छ भने अन्य सबै होम आइसोलेसनमा रहेका छन्।