
अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका बालबालिकालाई आजदेखि कोरोना बिरुद्धको मोर्डना खोप लगाइने भएको छ । नगरभित्रका १२ बर्ष देखि १७ बर्ष उमेर समुहका विद्यार्थीलाई खोप लगाउन लागिएको हो ।
नगरपालिकाको स्वास्थ्य शाखाले नगर भित्रका ११ हजार १ सय ७० बालबालिकालाई खोप लगाइने जनाएको छ ।

यसअघि माघ १५ देखि २० गते सम्म विद्यार्थीलाई खोप लगाउने भनिएपनि समयमा खोप नआउँदा आजबाट खोप लगाउन लागिएको हो । नगरपालिकाले खोप कार्यक्रममा सहभागि हुन विद्यार्थीहरुलाई अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ ।






























