
काठमाडौं – बर्दियाको बढैयाताल गाँउपालिका ३ सतपतियामा आगो तापीरहेको समयमा टिप्परले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। ३ जना गम्भीर घाइते भएका छन्।
गएराति भे १ क १४ ९५ नम्बरको टिपर अनियन्त्रित भई घर अगाडी आगो तापिरहेका ५ जनालाई एकैसाथ ठक्कर दिएको थियो। दुर्घटनामा स्थानीय ४५ वर्षीय सोम बहादुर विकको घटनास्थलमै र ४५ वर्षकै रामु थारुको उपचारको क्रममा नेपालगञ्ज नरसिंहोममा गएराति पौने १० बजे मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका ३५ वर्षीया प्रमिला चौधरी, ४० वर्षीया चमेलिया थारु र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ११ का १९ वर्षीय लक्ष्मण सुनारको उपचार भइरहेको छ। टिप्पर चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मैनापोखरले जानकारी दिएको छ।













