
भजनी – कैलालीमा बेवारिसे अवस्थामा ६४ बोरा चिनी बरामद गरिएको छ ।
ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको टोलीले भजनी नगरपालिका १ स्थित भजनी रजवारा ग्रामीण सडक खण्डमा उक्त चिनी फेला पारेको हो।

बरामद गरिएको चिनी आवश्यक कारबाहीका लागि सत्ती भन्सार कार्यालय टीकापुर पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।






























