पृथ्वीमा रुखका प्रजाति सङ्ख्या यसअघि अनुमान गरिएभन्दा १४ प्रतिशत बढी

Image
Aerial view of the Amazon rainforest from the air in Para State, Brazil.
maya metro

पृथ्वीमा रुखको प्रजाति सङ्ख्या यसअघि अनुमान गरिएको भन्दा १४ प्रतिशतले धेरै रहेको अनुसन्धानकर्ताहरूले बताएका छन् । यसअघि ७३ हजार तीन सय प्रजातिका रुख रहेको अनुमान गरिएकोमा अझै नौ हजार दुई सय प्रजाति पत्ता लाग्न बाँकी रहेको अनुसन्धानकर्ताहरूले बताएका हुन् ।

दक्षिण अमेरिका, अफ्रिका र एसियाका उष्ण प्रदेश र उपोष्ण प्रदेशमा अज्ञात प्रजातिका रुखहरू रहेको पाइएको अध्ययन टोलीका प्रमुख एवम् अमेरिकाको सेन्ट पाउलमा रहेको मिनिसोटा विश्वविद्यालयका प्रमुख अनुसन्धानकर्ता डाक्टर पिटर राइसले बताउनुभएको बीबीसीले जनाएको छ । तर उष्ण प्रदेशीय वनका धेरै दुर्लभ प्रजातिहरू जलवायु परिवर्तन र वन विनाशका कारण तीव्र रूपमा लोप भइरहेका पनि अनुसन्धानकर्ताले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । संसारभरिका एक लाखभन्दा बढी वन क्षेत्रमा रहेका लाखौँ रुखहरूको तथ्याङ्क प्रयोग गरेर वैज्ञानिकहरूले रुखका प्रजातिको सङ्ख्या अनुमान गरेका हुन् ।

nisarga

पृथ्वीको अद्भूत जैविक स्वरूपलाई जोगाउन थप कदम आवश्यक रहेको अध्ययनको निष्कर्षमा भनिएको छ । अध्ययनको परिणामले विश्वभरि विभिन्न प्रजातिका रुख जोखिममा रहेको देखाएको छ । दक्षिण अमेरिका महाद्वीपमा कुल सङ्ख्याको ४३ प्रतिशत प्रजाति लोप भइसकेका प्रतिवेदनमा उल्लेख छ ।