नेपालमा कोरोना संक्रमण : थपीने भन्दा निको हुने धेरै

Image
maya metro

काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा ७ हजार ५५५ संक्रमित कोरोनामुक्त भएका छन् ।त्यस्तै थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि ११ हजार ५८२ जनाको नमुना परीक्षण गर्दा यी पीसीआरबाट २२०५ र एन्टिजेनबाट १४३२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज नयाँ संक्रमित भन्दा निको हुनेको संख्या तीन हजार ९०७ ले बढी छ।

nisarga

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसै समय अवधिमा थप १२ जना संक्रमितको मृत्यु भएको छ। हालः नेपालमा ६९ हजार २९१ सक्रिय संक्रमित रहेका छन्।