नेपालमा थप २१ जना ओमिक्रोन र ३ जना डेल्टा भेरियन्टबाट संक्रमित

Image
maya metro

काठमाडौं – नेपालमा थप २१ जनामा ओमिक्रोन संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ जनाको नमुना जिनसिक्वेन्सिङ गर्दा २१ जनामा ओमिक्रोन र ३ जनामा डेल्टा भेरियन्ट देखिएको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता संगीता कौशल मिश्रले जानकारी दिइन्।