अमेरिकाको आकाशमा हालसम्मकै लामो चट्याङ

Image
फाईल फोटो
maya metro

न्युयोर्क – वैज्ञानिकहरुले विश्वमा हालसम्मकै लामो चट्याङ परेको पुष्टि गरेका छन्। करिब ५ सय माइल (७६८ किलोमिटर) लामो चट्याङ परेको वैज्ञानिकहरुले पुष्टि गरेका हुन्। अमेरिकाका तीनवटा राज्यको आकाशमा एकैपटक विजुली चम्केको देखा परेको थियो। आकाशमै चम्केको सो विजुली पृथ्वीको इतिहासमा हालसम्म रेकर्ड भएको भन्दा लामो भएको वैज्ञानिकहरुले बताएका छन्।

वैज्ञानिहरुका अनुसार अमेरिकी राज्य मीसीसीपी, लुइजिनिया र टेक्सासमा सो विजुली चम्किएपश्चात् विद्युतीय लहर आकाशबाट जमिनमा खसेको थियो। यसअघि सन् २०१८ मा ब्राजिलको आकाशमा करिब ४४०.६ माइल (७०९ किलोमिटर) लामो विजुली चम्केको थियो। सो विजुलीलाई हालसम्मकै लामो चट्याङ मानिएको थियो। सामान्यतया चट्याङ पर्ने क्रममा करिब १० माइलसम्म विजुली चम्किने गर्छ भने सो विजुली क्षणभरमै विलिन हुन्छ।

nisarga

यसअघि सन् २०२० मा अर्जेन्टिना र उरुग्वेमा १६ देखि १७ सेकेन्डसम्म विजुली चम्किएको देखा परेको वैज्ञानिकहरुले बताएका छन्। विषम मौसमका कारण चट्याङले पनि खतरनाक रुपमा आफ्नो स्वरुप परिवर्तन गर्दै गएको वल्र्ड मेटेरोलोजिकल अर्गनाइजेसनका वैज्ञानिकहरुले बताएका छन्।