
कञ्चनपुर – कञ्चनपुरमा प्रहरीले ३ लाख बढी मूल्य बराबरको वेवारिसे सामान बरामद गरेको छ। बुधबार साँझ भीमदत्त नगरपालिका–४ बसपार्कबाट कपडा र चप्पल बरामद भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
उक्त ३ लाख १० हजार ४ सय मूल्य बराबरका सामान आवश्यक कारबाहीका लागि गड्डाचौकी भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।
















