करिब एक करोडको अवैध सुन र मोबाइलसहित विमानस्थलबाट तीन जना पक्राउ

Image
maya metro

काठमाडौँ – त्रिभुवन विमानस्थलबाट प्रहरीले करिब एक करोड रुपैयाँ बराबरको अवैध सुन र मोबाइल बरामद गरेको छ। ९९ लाख २९ हजार ६९८ रुपैयाँ मूल्य पर्ने १ किलो १५० ग्राम सुन र ५ थान मोबाइलसहित तीन जना पक्राउ परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्ने मध्ये दुईजना दुबई र एक जना साउदी अरबबाट आएका हुन्। हिमालय एयरलाइन्सको जहाजबाट दुवईबाट आएका रौतहटको गौर नगरपालिका–१० सोबगाढाका ३२ वर्षीय सुनिल कुमार साहबाट चार थान आईफोन, एक थान सुनको बेरुवा औँठी र १५० ग्रामका सुनको सिक्री बरामद गरेको छ।

nisarga

यस्तै, मकवानपुरको मनहरी–७ का २८ वर्षीय नवराज परियारको साथबाट आईफोन १ थान र सुनको बेरुवा औंठी– २ बरामद भएको छ।अर्का यात्रु सारजहाबाट एयर अरेबियाबाट आगमन भएका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ का ३९ वर्षीय दावा छिरिङ शेर्पाको साथबाट बेलनाकार बनाइएको अर्धठोस सुन तीन थान १०५५ ग्राम मलद्वारभित्र लुकाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेकालाई थप अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर बुझाइएको छ।