
काठमाडौं – नेपालमा थप १६ जना संक्रमितको मृत्यु भएको छ। थप २५२६ जनामा कोरोना संक्रमण देखिएको छ। ११ हजार ७३ जनाको नमुना परीक्षण गर्दा पीसीआरबाट १६०२ र एन्टिजेनबाट ९२४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
त्यस्तै पछिल्लो २४ घन्टामा थप ८४२५ संक्रमित कोरोनामुक्त भएका छन् भने हालः ५६ हजार ४५७ सक्रिय संक्रमित रहेका छन्।






























