शनिवार सुदूरपश्चिममा थप ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

Image
maya metro

अत्तरिया –  शनिवार सुदूरपश्चिम प्रदेशमा थप ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय डोटीले सार्वजनिक गरेको तथ्यांकअनुसार ९ सय ३१ जनाको एन्टिजेन र १ सय १६ जनाको पीसीआर परीक्षण गर्दा आज ९० जनामा संक्रमण पुष्टि भएको हो।

आज संक्रमण पुष्टि भएकामध्ये २७ जना आज नै भारतबाट फर्केका नागरिक हुन्। आज सुदूरपश्चिमका नाका भएर ९७४ जना स्वदेश फर्केका छन्। निर्देशनालयका अनुसार प्रदेशमा ३ हजार ३११ जना सक्रिय संक्रमित पुगेका छन्। उनीहरुमध्ये ७६ जनाको मात्रै अस्पतालमा उपचार भइरहेको छ ।

nisarga