
काठमाडौं – कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्रले फागुन १ गतेदेखि विद्यालयमा भौतिक रुपमा पठनपाठन गराउन सरकालाई सिफारिस गरेको छ । सीसीएमसीसीको आइतबार बसेको बैठकले कोरोना संक्रमण दर घटेको भन्दै फागुन १ देखि विद्यालयमा भौतिक उपस्थितीसहित पठनपाठन गराउन सिफारिस गरेको हो ।
कोरोना जोखिमका कारण माघ पहिलो सातादेखि विद्यालयमा भौतिक पठनपाठन बन्द छ । पहिलो चरणमा माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको थियो ।

यसैगरी सीसीएमसीसीले काठमाडौं उपत्यकामा सवारीसाधनमा लगाइएको जोर विजोर प्रणाली हटाउन पनि सिफारिस गरेको छ ।
काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकपछि सोमबारदेखि लागू हुनेगरी जोर विजोर प्रणाली हटाइने बताइएको छ। अहिले निजी सवारीसाधन र ट्याक्सीमा जोर विजोर प्रणाली लागू रहेको छ। चर्को विरोधपछि यसअघि सार्वजनिक यातायातको जोर बिजोर हटाइएको थियो।












