विश्वभर कोरोना संक्रमित निको हुनेको संख्या बढ्दै

Image
maya metro

विश्वभर नयाँ कोरोना संक्रमित थपिनेभन्दा निको हुने संख्या बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा १७ लाख ४९ हजार नयाँ संक्रमित थपिएका छन् भने २४ लाख ५८ हजार ६३६ जना निको भएका छन्।

योसँगै विश्वभर कोरोना पुष्टि हुनेको संख्या ३९ करोड ७८ लाख ७६ हजार नाघेको छ। यस्तै ३१ करोड ७३ लाख ६० हजारभन्दा बढी निको भएका छन्।

nisarga

२४ घण्टामा ७ हजार ८ सय संक्रमितको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ५७ लाख ६७ हजार पुगेको छ। अझै पनि ७ करोड ४७ लाख सक्रिय संक्रमित रहेकामा ९० हजारको अवस्था जटिल रहेको छ। बाँकीको अवस्था सामान्य रहेको छ।