अछाम कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

Image
maya metro

अछाम – जिल्ला कारागार अछाममा क्षमता भन्दा बढी कैदी बन्दी रहेको पाइएको छ। कारागारमा क्षमता भन्दा बढी कैदी बन्दी हुँदा व्यवस्थापनमा समस्या देखा परेको जिल्ला कारागार अछामका निमित्त प्रमुख धन बहादुर शाही जानकारी दिए। निमित्त प्रमुख जेलर शाहीले कारागारमा क्षमता भन्दा बढी कैदी बन्दी हुँदा व्यवस्थापनमा समस्या भइरहेको बताउनु भएको हो।

कारागारमा अहिले ८१ जना कैदी बन्दी रहेको बताउँदै उनले महिला कैदी बन्दीहरूलाई व्यवस्थापन गर्न सहज भए पनि पुरुषको हकमा भने क्षमता भन्दा बढी राख्नु पर्ने बाध्य रहेको बताएका छन्। उनका अनुसार कारागारमा अहिले सम्म ७४ पुरुष ६ जना महिला र १ जना आश्रित बालबालिका गरी जम्मा ८१ जना कैदी बन्दी रहेका छन्।

nisarga

कैदीबन्दीहरुलाई बसोबास गर्न खाली कोठा नहुँदा भवनको ग्यालरीमा राखेर व्यवस्थापन गरिएको निमित्त जेलर शाही जानकारी दिएका हुन्। बि.सं. २०५८ साल फागुन ४ गते राति तत्कालीन विद्रोही माओवादीले अछाम आक्रमण गरी कारागारमा समेत क्षति पुर्‍याएपछि नयाँ कारागार भवन निर्माण गरिएको थियो। कैदीबन्दी थपिँदै जाँदा क्षमता कम हुँदै गएको कार्यालयले जनाएको छ।

रासस